काठमाडौं । नेपालका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा कोराना संक्रमण ४० जिल्लामा फैलिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाले पिसीआर विधिबाट ४५ हजार ९ सय ५७ र आरडिटी विधिबाट ८६ हजार २ सय ३५ परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ९४ र आरडिटी विधिबाट ४ हजार १ सय १९ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आरडीटी विधिबाट १० हजार १ सय ६९, प्रदेश २ मा ६ हजार ३ सय ८, बागमती प्रदेशमा २१ हजार ७ सय १२, गण्डिकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश पाँचमा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा ९ हजार ३९ र सूदुरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ गरी ८६ हजार २ सय ३५परीक्षण गरिएको छ । शनिबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।