‘सस्तो लोकप्रियतावादी’ काम छाड्न सरकारलाई कमल थापाको आग्रह

Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुको घरघरमा नक्सा पुर्याउँदैहिडने ‘सस्तो लोकप्रियतावादी’ काम छाड्न सरकारलाई आग्रह गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधवार जारी गरेको नक्सा मन्त्री पद्मा अर्यालले शीर्ष नेताहरुको घरघरमा पुगेर हस्तान्तरण गरिरहेकोप्रति आपत्ति जनाउँदै थापाले यस्तो काम नगर्न आग्रह गरेका हुन् ।

अद्यावधिक नक्सा जारी गरेपछि मन्त्री अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख अग्नि सापकोटा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई घरमै गएर नक्सा हस्तान्तरण गरेकी थिइन् । थापाले लेखेका छन्, ‘नेताहरुको घरघरमा नक्सा पुर्याउँदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्। सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गम्भीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस् । काम नभएका मन्त्रीजीहरुलाई कोभिड १९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस्। ’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६७५ पुग्यो

२०७७ जेष्ठ ११, आईतवार १५:५६
Spread the loveकाठमाडौँ । नेपालमा सोमबार थप ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमा धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सुनसरी, बर्दिया, बाँके र दैलेखका नागरिक रहेक स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले […]