नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुग्यो, ६८२ संक्रमित

Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मीका एक एक जनाको मृत्यु भएको थियो ।

यसैबीच, सोमबार नेपालमा थप ६ जनामा कोरोना संक्रमित थपिएका छन् । अछामका ३२ वर्षीय पुरुष, बर्दियाको गुलरियाका तीन जना पुरुष , पर्साका एक पुरुष र काठमाडौं घर भई बाराको कलैया निवासी एक जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । ती मध्ये ६०२ जना पुरुष र ८० जना महिला छन् । त्यस्तै निको भई डिस्चार्च हुनेको संख्या ११२ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली LIVE

२०७७ जेष्ठ १२, सोमबार १०:५६
Spread the love