कोरोना संक्रमितको संख्या ७७२ पुग्यो, ९० जना थपिए

Spread the love

काठमाडौँ । मंगलबार नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । मगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् । योसँगै कोरोना संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । त्यसैगरी १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने

२०७७ जेष्ठ १३, मंगलवार ११:५४
Spread the loveकाठमाडौं । सरकारले संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । त्यसक्रममा खतिवडाले कोरोना भाइरसको कारण आर्थिक परिसूचकमा ठूलो चाप परेको बताएका छन् । चालु बर्षको ८ महिनाको […]

समाचार छुट्याे की?