रुकुम पश्चिमको घटना छानविन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

Spread the love

काठमाडौँ । रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको सदनलाई जानकारी गराएका हुन् ।

राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री थापाले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन् । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेका बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए ।

उनले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको भन्दै घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । सांसदहरूले जातीय भेदभावका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको उक्त घटनाबारे सत्यतथ्य र त्यसविरुद्ध चालिएका कदमबारे जानकारी गराउन माग गरेका छन् ।

उनले कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताएका थिए । अन्य सांसदहरुले पनि घटना अमानवीय भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी सझौता संशोधन नगरी संसदबाट पारित नगर्न साझा पार्टीको माग

२०७७ जेष्ठ १३, मंगलवार १५:३७
Spread the loveकाठमाडौं । साझा पार्टीले एमसीसी (कम्प्याक्ट) सम्झौता संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी एमसीसी संशोधन गरी पारित गर्न र संशोधन नगर्ने भए खारेज गर्न माग गरेका हुन् । उनले एमसीसी सम्झौताका […]

समाचार छुट्याे की?