Spread the love
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीमा संविधान संशोधन प्रस्ताव दर्ताको अनुमान थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा समेटिएको निशान छाप राख्नेसम्बन्धी संविधान संशोधन प्रस्ताव पेश हुने उल्लेख थियो । तर अन्तिम समयमा उक्त प्रस्ताव कार्यसूचीबाट हट्यो । तर कार्यसूचीबाट हट्नुको कारक नेपाली कांग्रेस हो भनिएको छ ।
तर नेपाली कांग्रेसले संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साँझ विज्ञप्ति जारी गरी कार्यसूचीबाट संशोधन प्रस्ताव हटाइनुमा कांग्रेसलाई जोड्नु आपत्तिजनक भएको बताएका हुन् ।