नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुग्यो, ११४ नयाँ थपिए

Spread the love

काठमाडौं । नेपालमा बुधबार ११४ जना कोरोना संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १७ जना, हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एक जना र रौतहटका सात जनामा, पोखरामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुमका तीन जनामा, र दाङका १५ जनामा, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका १६ जनामा, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिरहा, सप्तरी, बारा, रौतहटका गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ । चार जनाको भने मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किन हट्यो संसदको कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव ?

२०७७ जेष्ठ १४, बुधबार १०:५८
Spread the loveकाठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीमा संविधान संशोधन प्रस्ताव दर्ताको अनुमान थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा समेटिएको निशान छाप राख्नेसम्बन्धी संविधान संशोधन प्रस्ताव पेश हुने उल्लेख थियो । तर अन्तिम समयमा उक्त प्रस्ताव कार्यसूचीबाट हट्यो । तर कार्यसूचीबाट हट्नुको कारक नेपाली कांग्रेस हो भनिएको छ […]

समाचार छुट्याे की?