थप एक सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक हजार ४२ पुग्यो

Spread the love

काठमाडौं । नेपालमा बिहीबार १५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सप्तरीका दुई जना, झापाका २५ जना, नवलपुरका एक जना, धनुषाका २९ जना, महात्तरीका १७ जना, रौतहतका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना, सोलुखुम्बुका एक जना, बझाडका एक जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, स्याङ्जाका तीन जना, दार्चुलाका एक जना, कैलालीका दुई जना, हैटौडाका एक जना, बर्दियाका ३ जना, बाँकेका एक जना, रौतहट जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै कुल संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । यसमा पुरुष ९४० र महिला संक्रमितको संख्या १०२ रहेको छ । त्यसैगरी निको भई डिस्चार्ज हुनेको संख्या १८७ पुगेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पाँच पुगेको मन्त्रालयले जनाएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आस्था, निष्ठा, राष्ट्रियता तथा संस्कृतिका सवालमा कुनै प्रश्न हुँदैन

२०७७ जेष्ठ १५, बिहीबार ०९:११
Spread the loveडा. गोविन्दशरण उपाध्याय । राष्ट्र-चिन्तन-१ वेदको अर्थ ज्ञान हो | वेदहरूले जन्मभूमिलाई राष्ट्र मात्र होइन मातृभूमि समेत भनेका छन् | मातृभूमि नै जन्मभूमि हो | जन्मभूमिलाई मातृभूमिका रूपमा प्रतिष्ठा दिनु भनेको महिलाशक्तिका लागि पुरुषहरूले दिन सक्ने सर्वोच्च सम्मान हो | वेदले राष्ट्र, नारीशक्ति र विद्या यी तीन विषयरूलाई […]