अफ्रिकी मूलका अमेरिकी नागरिकको हत्याको विरोधमा अमेरिकाभर विरोध प्रदर्शन

Spread the love

सुरक्षाकर्मीको नियन्त्रणमा रहेका एकजना अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युलाई लिएर अमेरिकाभर विरोध प्रदर्शन भएको छ । अमेरिकाको मिनेसोटा, न्युर्योक र क्यालिफोर्नियामा विरोध प्रदर्शन भएको हो । ह्वाइट हाउस अगाडि सयौँको सङ्ख्यामा सर्वसाधारण जम्मा भएर घटनाको अनुसन्धान गरी जर्ज फ्लोयडलाई न्याय दिन माग गरेका छन् ।

घटनामा संलग्न मिनियापोलिस प्रहरीका एकजना अधिकारी डेरेक चौभिनलाई नियन्त्रणमा लिएर हत्याको मुद्दा चलाइएको छ । मिनियापोलिस र सैन्टपौलमा विरोध उग्र भएपछि राति आठ बजेदेखि बिहान छ बजेसम्म कर्फ्यु लगाइएको छ । यसअघि सन् २०१४ मा न्युर्योकमा प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका अमेरिकी नागरिक एरिक गार्नरको मृत्युपछि पनि व्यापक विरोध भएको थियो ।

गोरा समुदायको डेरेक चौभिनले हत्कडी लगाएर नियन्त्रणमा लिएका फ्लोयडलाई भुइँमा खसाल्दै घाँटीमा घुँडाले च्यापिरहँदा मृत्यु भएको थियो । अफ्रिकी मूलका ४५ वर्षीय फ्लोयडले आफूलाई श्वास लिन असहज भएको भन्दै पटक पटक प्रहरी अधिकारी चौभिनलाई मुक्त गर्न आग्रह गरेका थिए । तर बेहोस भएका उनलाई अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो ।

सोमबार भएको उक्त घटनाको भिडियो तात्कालै सार्वजनिक भएपछि अमेरिकामा देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो । घटनाका आरोपित चौभिनलाई सोमबार मिनियापोलिस अदालतमा उपस्थित गराइनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै भयावह भएको टिप्पणी गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व स्वास्थ्य संगठनसँगको सबैप्रकारको सम्बन्ध तोडेको अमेरिकी घोषणा

२०७७ जेष्ठ १७, शनिबार ११:२५
Spread the loveअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै ट्रम्प प्रशासनले उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो । ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र […]