एक सय ८९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १, ४०१ पुग्यो

Spread the love

काठमाडौं । शनिबार नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनुषाका सात जनामा, झापाका एक, कपिलवस्तुका ७७ जना, ललितपुरका एक जना, महोत्तरीका चार जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना, सिरहाका ११ जना, रुपदेहीमा २६, कपिलवस्तुका २९ जना, सप्तरीका नौ जना, कपिलवस्तुका ३ जना, दाडका पाँच जना, बाराका एक जना, पर्साका २ जना, दैलेखका १४ जना, संखुवासभाका २ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी संसदबाट अनुमोदन नभएसम्म यसका बाँकी काम तत्काल अघि नबढाउने नेकपाको निर्णय

२०७७ जेष्ठ १७, शनिबार ११:२१
Spread the loveकाठमाडौं । सत्तारुढ नेकपाले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म यसका बाँकी काम तत्काल अघि नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले एमसीसीको बिषय संसदमा बिचाराधिन रहेको भन्दै संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत […]