काठमाडौँ । सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते सकिंदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो । त्यस्तै असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।