आरडीटी पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका चार जनालाई भैंसी गोठमा !

Spread the love

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ देखिएपछि संक्रमणको खतरा हुने भन्दै उनीहरुलाई स्थानीय एक व्यक्तिको भैंसी गोठमा राखेको स्थानीयको भनाई छ ।

१० दिनअघि भारतबाट आएका उनीहरुलाई भैरवी गाउँपालिका–३ को देउती आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि स्कुल नजिकैको एक स्थाीयको भैंसी गोठमा चारै जनालाई शनिबार दिउँसोदेखि सारिएको हो ।

गाउँपालिका अध्यक्ष प्रेम बुढाले आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकालेर गोठमा राखिएको बताए । क्वारेन्टिनमा रहेका अरुलाई पनि कोरोना सर्न सक्ने भएकाले स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा राखेको र अब कहाँ राख्ने भन्ने आफुहरुको सल्लाह भइरहेको अध्यक्ष बुढाले बताए ।
फोटोः गोविन्द केसीको फेसबुकबाट

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी

२०७७ जेष्ठ १८, आईतवार ११:५४
Spread the loveजोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ । देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दङ्गा प्रहरीलाई खटाइएको छ । प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् । राष्ट्रपति डोनल्ड […]