• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोनाको कहरमा सरकारले के गर्यो होइन, आफ्नो कर्तव्य निभाउने होः भुवन आचार्य

ByHT

May 31, 2020
Spread the love

रामेछापको सुनारपानी गाविस वडा नम्बर ९(हाल मन्थली नगरपालिका ५) मा जन्मिएका भुवन आचार्य अनेरास्ववियूका नेता हुन् । अरुले पेशानै राजनीतिलाई बनाउँछन् तर आचार्यले भने राजनीतिसँगै स्वास्थ्य क्षेत्रलाई व्यवसाय बनाएका छन् । राजनीति र त्योसँगै अर्को व्यवसायसँगसँगै लैजानुपर्छ भनेर उनले स्वास्थ्य क्षेत्रलाई आफ्नो व्यवसाय बनाएका हुन् ।

उनले काठमाडौँमा ‘टाइगन मेडिसियन सप्लायर्स’ संचालन गरिरहेका छन् । उनी यसको निर्देशक हुन् । सानो उमेरमा व्यवसाय संचालन गर्ने हैसियतमा पुगेकोमा उनी गर्व गर्छन् । उनले औषधि आपूर्ति मात्र गर्दैनन् त्यसबाट आएको नाफाको केही प्रतिशत रकमले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएका छन् । यसरी परोपकारी काम गर्दै आएका आचार्य यो लकडाउनमा घर नबसी दैनिक औषधि आपूर्तिमा जुटेका छन् । यसैसन्दर्भमा आचार्यसँग कुराकानीको सम्पादित अंशः
लकडाउनको बेला ज्यानको परबाह नगरी दैनिक हिंडिरहनुभएको छ नि ।
हेर्नुस् हाम्रो त व्यवसाय नै यस्तो हो कि आफूलाई भन्दा अरुलाई बचाउने । हामी औषधि व्यवसायी नै घरमा बस्यौं भने विरामीको हालत के होला ? त्यसैले औषधि आपूर्तिमा कमी हुन नदिन हामीहरु दिनरात, लकडाउन विदा केही नभनी खट्छौं ।
यसरी दैनिक खट्नुपर्ने पेशाबाट सन्तुष्ट हुनुहुन्छ त ?
मैले यो औषधि क्षेत्रमा काम गरेको एक दशक भयो । सन्तुष्टिको भनेको अनुभव हुने कुरा रहेछ । यो क्षेत्र भनेको सेवाको क्षेत्र हो । त्यसैले अरुको सेवा गर्न पाउँदा जति सन्तुष्टि केही नहुने रहेछ । मैले वर्षमा पाँच ६ स्थानमा निःशुल्क स्वास्थ्य शिविर पनि संचालन गर्दै आएको छु , त्यहाँ आउने विरामी बुबाआमाहरुलाई निःशुल्क सेवा दिन पाउँदा यति खुसी हुन्छ त्यसको कुनै मापन नै गर्न सक्दिन ।
कोरोनाको कहरमा तपाईंहरुको भूमिका के हो नि ?
हामी औषधि व्यवसायीहरुको प्रतिबद्धता नै छ कि राज्यलाई स्वास्थ्य क्षेत्रमा संकट पर्यो भने दिलो ज्यान दिएर लाग्ने । कोरोनाका कारण यो हदसम्मको संकट आइपर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । अहिले विश्व नै लकडाउनमा छ तर हामी आफ्नो स्वास्थ्यको ख्याल राख्दै नियमित औषधि आपूर्तिमा खटिराका छौं । हामी पनि अरुजस्तै घरमा बस्यौं भने के हुन्छ हालत ? त्यसैले औषधिको कमी नहोस् भनेर कर्तव्य पालना गर्दै दिनरात लागेका छौं ।
तपाईंहरु यसरी खटिरहनु भएको छ सरकारले तपाईंहरुको सुरक्षाका लागि के गरेको छ नि ?

सरकारले के गर्यो गरेन भन्दा पनि हामीहरुको कर्तव्य के हो भन्ने ठूलो कुरा हो । सरकारले बजेट वक्तव्यमार्फत ऋण व्याजमा केही सहुलियतको कुरा ल्याएको छ । त्यो आफ्नो ठाउँमा छ । व्यक्तिगत सुरक्षाका कुरा गर्ने हो भने हामी सडकमा हिंड्नु पर्छ तर यसरी हिंड्दा हामी आफैं सुरक्षित भएर हिंडने हो र हिंडिरहेका छौं । काठमाडौंको हकमा कुरा गर्दा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले व्यवसायी र त्यस मातहतमा काम गर्ने सबैको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको थियो । त्यसैले म भन्छु सरकारले गरेन भन्दा पनि यो बेला हामीले आफैं अग्रसर भएर गर्ने भन्ने हो ।
अनि बजारमा स्वास्थ्य सामग्रीको कालाबजारीको कुरा आएको त कति कारबाहीमा पनि परेका छन् । के भन्नुहुन्छ ?
हेर्नुस् सबै मानिसको रगत रातै हुन्छ तर किन उनीहरु कुनै कालो अनुहारको कुनै गोरो कुनै अर्को रङको हुन्छ त ? अनि किन बानी व्यवहार फरक हुन्छ त ? हो बजारमा मानिस विभिन्न थरीका छन् । सरकारले त्यस्तै हुन्छ भनेर नीति नियम बनाएको छ नि । अनुगमन र कारबाही गर्नुपर्यो नि त । कारबाहीमा पनि परेका छन् । हामीहरुको कुरा गर्नुहुन्छ भने हामी औषधि उत्पादक होइन विक्रेता हौं । कम्पनीबाट आएको औषधि हामीले बजारमा पठाउने हो । जसले जहाँबाट बिगार गरेको छ त्यहीँं कारबाही गर्यो भने तपाईंले भने जस्तो आगामी बजारमा खबर सुन्नु नपर्ला ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *