• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गृह मन्त्रालयसँग आयोगको २४ घण्टे स्पष्टीकरण

ByHT

May 31, 2020
Spread the love

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई सर्वोच्च अदालतको आदेशविपरीत पटकपटक गिरफ्तार गरेकामा गृह मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले विज्ञप्ति जारी गरी खत्रीलाई अपमानपूर्वक पक्राउ गरेर अज्ञात अवस्थामा राखिएको सम्बन्धमा गृह मन्त्रालयलाई २४ घन्टाभित्र जवाफ पेस गर्न स्पस्टीकरण सोधेको छ ।

आयोगले खत्रीलाई २०७६ वैशाख २ मा पहिलोपटक पक्राउ गरी जिल्ला कारागार खोटाङमा राखिएकामा सर्वोच्चबाट भएका आदेशविपरीत २०७६ चैत २८, २०७७ वैशाख १३, वैशाख २८, जेठ २ र जेठ १५ गते छैटाौपटक गिरफ्तार गरी लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुादै जेठ १६ गते सिरहा पुर्याइएको पाइएको विज्ञप्तिमा जनाएको छ ।

आयोगले विज्ञप्तिमा प्रहरी प्रशासनबाट योजनाबद्ध रूपमा भएका यस किसिमका स्वेच्छाचारितापूर्ण गिरफ्तारीबाट संविधानले प्रत्याभूत गरेको मौलिक हक र मुलुकी फौजदारी अपराध संहिताको ठाडो उल्लंघन भएको टिप्पणी गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *