सबैलाई थर परिवर्तन गर्न बाबुराम भट्टराईको प्रस्ताव

Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जातीय विभेद अन्त्य गर्न सबैले आ–आफ्ना थर फेर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभामा आइतबार भएको बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताएका हुन् । भट्टराईले जातभातको विभेदले हामी सबैलाई गिज्याउन थालेको भन्दै परिवर्तन जरुरी भएको बताए ।

हालै पश्चिम रुकुममा अन्तर्जातीय प्रेममा रहेका नवराज विश्वकर्मासहितको कुटपीट गरी मारिएको र भेरी नदीमा हालिएको घटनाका सन्दर्भमा डा. भट्टराईले संसदमा यस्तो प्रस्ताव गरेका हुन् । उनले भने, ‘हामी सबैले थर बदलौं । सबैले थरमा दलित लेख्न थालौं । बाबुराम भट्टराई दलित, कामी लेखौं, बाबुराम कामी भन्न किन नहुने ? काम गर्नेलाई कामी त भन्छन् नि । । विश्वकर्मा लेखौं । यसले जातीय विभेद अन्त्य गर्न सघाउँछ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछि पछुताएर काम लाग्दैन, प्रधानमन्त्रीज्यू जनतामा आक्रोश बढ्योः कमल थापा

२०७७ जेष्ठ १८, आईतवार ११:५१
Spread the loveकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस नियन्त्रणमा सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले सिमावर्ती क्षेत्रमा आवागमन नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन र परीक्षणको दायरा बढाउन सरकार कमजोर देखिएको बताएका हुन् । उनले लेखेका छन्, ‘कोभिड १९ नियन्त्रणमा सरकारले […]