• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सूर्यबहादुर तामाङहरु किन मर्दैछन् थाहा छ सरकारलाई ?

ByHT

May 31, 2020
Spread the love

काठमाडौं । राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आमजनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

आइतबार आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा भाग लिँदै महतोले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा रोष प्रकट गरे । उनले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको बताए ।

लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी, मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै महतोले नागरिकले राज्यबाट सम्मान नपाएको बताए ।

उनले भने,‘ यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलित पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?’
उनले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘धादिङको सूर्यबहादुर तामाङ काठमाडौंको सडकमा किन मर्यो थाहा छ सरकारलाई ? यहाँ भाषण भईरहेको छ । कोही मर्न दिदैनौ रे । लाज हुँदैन ?’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *