२२६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १,७९८ पुग्यो

Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापामा दुई जना, नवलपरासीमा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ आएको छ। जसमा अधिकांश दैलेखका छन्। प्रदेश अस्पताल तथा पशुपंक्षी प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी सल्यानका १० जनामा संक्रमण देखिएको छ। त्यस्तै सुर्खेतका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ।

कपिलवस्तुका २, रौतहटका १८ जना, बाँकेका सात जना, दाङका ९ जना, धनुषाका ७ जना, कपिलवस्तुका ३६ जना, महोत्तरीका २, मकवानपुरका एक, सर्लाहीका ३८ जना, सिरहाका ५ जना, उदयपुरका एक जना, अछाम एक, कैलालीका १४ जना, बैतडीका एक, डोटीका एक र कंचनपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या १,७९८ पुगेको छ । यीमध्ये २२१ जना निको भइ डिस्चार्ज भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजपा र समाजवादी पार्टीद्वारा संविधान संशोधन विधेयक दर्ता

२०७७ जेष्ठ १९, सोमबार १२:०३
Spread the loveकाठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । दुई दलले सोमबार विधेयक गैरसरकारी विधेयकको रुपमा संविधान (दोस्रो संशोधन) विधेयक सचिवालयमा दर्ता गरेका हुन् । संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ छन् । […]