• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपाली कांग्रेसद्वारा संविधान संशोधन विधेयक दर्ता

ByHT

Jun 2, 2020
Spread the love

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । पार्टी केन्द्रीय समिति बैठकको निर्णय अनुसर विधेयक दर्ता गराइएको हो ।

विधेयक दर्ताका लागि सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चत्रलेखा यादव, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी, पद्य्मनारायण चौधरी लगायत संसद सचिवालय पुगेका थिए ।

विधेयकले सम्पूर्ण जनतालाई समानताको बोध हुने र तराई मधेशमा भएको असन्तुष्टिलाई समेत सम्बोधन गर्ने कांग्रेस नेता अमरेशकुमार सिंहले बताए । कांग्रेस सांसदहरुले दर्ता गराएको विधेयकमा प्रदेशको सिमाना हेरफेर, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वको विषयमा संशोधन गर्ने विषयहरु राखिएका छन् ।।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *