‘मोदीजी, पशुपतिनाथ र मुक्तिनाथसँग आशिर्वाद लिनुस्’

Spread the love

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सच्चिन आग्रह गरेका छन् । मंगलबारको राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका हुन्

उनले भने,‘यो बेलामा पशुपतिनाथ र मुक्तिनाथसँग तपाईंको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईले आराधना गर्नुहोस् । तपाईंले शक्ति लिनुहोस् । यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिनु हुँदैन भनेर सोच्नुस् यसबाट तपाईं धन्यवादको पात्र हुनुहुनेछ ।’

श्रेष्ठले नेपाल र नेपाली जनता भारत विरोधी हुन नसक्ने भन्दै नेपालको राष्ट्रियता र सार्वभौमिकताको पक्षमा उभिनु आफ्नो कर्तव्य रहेको बताए । उनले नेपाल कुनै पनि छिमेकीकाविरुद्ध नलाग्ने बताए । उनले तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

उनले भारतसँग सीमा अतिक्रमणको समस्या रहेको भन्दै भूमि फिर्ता गरेपछि समस्या समाधान हुने बताए । असमान सन्धी सम्झौता खारेज गर्दै नयाँ सन्धी सम्झौता गर्नुपर्ने बताए । श्रेष्ठले सन् १९५० को सन्धी खारेज गरी नयाँ सन्धी सम्झौता गर्नुपर्ने बताए । उनले भारतलाई कुटनीतिक तत्काल वार्ताका लागि आग्रह गरेका छन् । भारतले वार्ता गर्ने भनेपनि मिति तय नगरेको भन्दै वार्ता व्यवहारिक रुपमा वार्ता सुरु गर्न आग्रह गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै डा. केसी सत्याग्रहमा

२०७७ जेष्ठ २०, मंगलवार १६:४४
Spread the loveकाठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमा दार्चुलामा सत्याग्रहमा बसेका छन् । दार्चुला तथा अन्य सीमा क्षेत्रका लगायत देशभरीका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्न र भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै केसी […]