कोरोना संक्रमणबाट पाकिस्तानी मन्त्रीको मृत्यु

Spread the love

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो ।

तर, उनको मंगलबार निधन भएको पाकिस्तानी पत्रिका द डनले जनाएको छ । मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत थिए । पीपीपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति शोक व्यक्त गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट विश्वमा तीन लाख असी हजार भन्दा बढीको मृत्यु

२०७७ जेष्ठ २१, बुधबार ०२:१४
Spread the loveकोरोना संक्रणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघेको छ । कोरोना संक्रमणबाट विश्वमा पछिल्लो २४ घण्टामा ४ हजार ५१६ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार २३२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार एक सय ३२ जनाको मृत्यु भएको छ […]