संक्रमित बढ्दै गएपछि तर्सिए बीमा कम्पनी,कोरोना बीमाबाट भागे

Spread the love

बीमा समितिको निर्देशन अनुसार बैशाख ७ गते देखि सुरु भएको कोरोना बीमा ४८ दिनमै बन्द भएको छ । दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बीमक संघले बीमा समितिसंग छलफल गरेर कोरोना बीमा रोक्ने निर्णय गरेको हो ।

बीमक संघका महासचिव चंकी क्षेत्रीले भोलि शुक्रबार देखि कोरोना बीमा पोलिसी स्थगित गर्ने निर्णय भएको मेरो लगानीलाई जानकारी गराए । कोरोना संक्रमितको संख्या यहि रुपमा बढ्दै जाने हो भने बीमा कम्पनीहरूलाई दायित्व वहन गर्न गाह्रो हुने उनको भनाई छ ।

बीमा समितिले पर्याप्त अनुसन्धान तथा जोखिम विश्लेषण नगरी अघि बढाएका कारण कोरोना बीमा बन्द भएको विज्ञहरुको भनाई छ ।

यद्यपी सरकारले पनि आगामी आर्थिक वर्षको बजेट मार्फत कोरोना बीमालाई प्राथमिकता दिएको थियो । बजेट मार्फत सामूहिक बीमा गर्नेलाई बीमाशुल्कमा ५० प्रतिशत अनुदान र सम्पूर्ण सरकारी कर्मचारीहरुलाई सरकारले निशुल्क कोरोना बीमा गर्ने घोषण भएको थियो ।

कोरोना बीमा एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कको दुई बीमालेख छन् । एक लाख बीमाङ्कका लागि व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ति एक हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमाशुल्क कायम गरिएको छ । यस्तै, ५० हजार रुपैयाँ कुल बीमाङ्क रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजेटीभ हुन साथ दाबीमा गर्न सकिने व्यवस्था थियो ।

यसबीचमा विदेशबाट आउनेहरुमा कोरोना संक्रमण बढेपछि समितिले बिदेशबाट आउनेहरुका लागि १५ दिन क्वारेन्टाइन र १५ दिन घरमा बसिसकेपछि मात्रै कोरोना  बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक गतिविधि संचालन गर्ने विभिन्न बिकल्पका बारेमा छलफल

२०७७ जेष्ठ २२, बिहीबार १२:५९
Spread the loveकाठमाडौं । शैक्षिक क्षेत्रका सरोकारवालाहरुले बिभिन्न बिकल्पका साथ शैक्षिक गतिविधि संचालन गर्न आफूहरु तयार रहेको बताएका छन् । बिहीबार कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आयोजना गरेको छलफलका क्रममा उनीहरुले अनलाईन, रेडियो, टिभी लगायतका माध्यमबाट पठनपाठनलाई सहज रुपमा अघि बढाउन सकिने बताएका हुन् । लकडाउनको अवधिमा पठनपाठनको […]

समाचार छुट्याे की?