स्रोत नखुलेको करीब साढे २२ लाख रूपैयाँसहित एक जना पक्राउ

Spread the love

काठमाडौं। सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको करीब साढे २२ लाख रूपैयाँसहित पर्साको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट एकजनालाई पक्राउ गरेको छ।

टोलीले ती युवकको साथबाट २२ लाख ४८ हजार रूपैयाँ बरामद गरेको हो। पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-५ बस्ने २५ वर्षीय प्रकाश साह रहेका छन्। उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।

ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा सवार साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा मोटरसाइकलको ट्याङ्कीमुनि लुकाईछिपाई राखिएको रकम फेला परेको हो।

सशस्त्रको टोलीले पक्राउ परेका साहलाई बरामद रूपैयाँ तथा मोटरसाइकलसहित आवश्यक करावाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा

२०७७ जेष्ठ २२, बिहीबार १३:३१
Spread the love डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ| – कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन | – संक्रमितसंग ५ – १० मिनेट कुरा गर्दा सर्दैन | – घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ % घट्छ | केहि भाइरस मास्कबाट छिर्दैमा संक्रमण […]