• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोनाको बीमा पुनः विक्री गर्न स्वीकृति

ByHT

Jun 5, 2020
Spread the love

काठमाडौं । बीमा समितिले कोरोना बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेश गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः विक्री गर्न स्वीकृति दिइएको जानकारी दिए ।

उनले बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बीमालेखलाई अगाडी बढाउने सहमति भए अनुसार बीमालेखलाई निरन्तरता दिने निर्णय भएको बताए । अध्यक्ष चापागाईंले अब जारी गरिने कोरोना बीमालेख अनुसार २०७७ चैत मसान्त सम्मको मात्रै जोखिम बहन हुने बताए । यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ ।

यस अघि जारी भएका बीमालेखहरुमा भने खरिद गरेको मितिले १ वर्षको समय सम्मको जोखिम बहन हुने उनले बताए । बीमा समितिले बीमाङ्क रकमको आधारमा ‘क’ र ‘ख’ वर्ग निर्धारण गरी घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोभिड–१९ बीमालेख जारी गर्ने व्यवस्था गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *