विदेशबाट आएको पहिलो टोलीलाई सेनाले विमानस्थलबाट यसरी गर्यो उद्दार

Spread the love

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपालीहरुलाई स्वदेश ल्याउन सुरु गरेको छ । बिदेशबाट उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगत रूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ । कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।

शुक्रबार बिहान स्वदेश फकिएकाहरुलाई बसुन्धरामा राखिएको थियो । सरकारले बनाएको कार्यबिधी अनुसार नेपाली सेनाले बिमानस्थलबाट होल्डिङ सेन्टरसम्म ल्याएको महिला बालबालिका मन्त्री पार्वत गुरुङले जानकारी दिए । उनले होल्डिङ सेन्टरमा राखिएपछि सम्बन्धीत जिल्लामा पठाउनका लागि स्वासथ्य अवस्थाका बारेमा जानकारी लिने काम भएको बताए ।

म्यानमारबाट आएका नेपालीहरुले आफुहरुलाई सरकारले गरको व्यवस्थाबाट खुसी भएको बताए । बिभिन्न मुलुकबाट आएका नेपालीहरुलाई उनीहरुले स्थायी ठेगानाका आधारमा बिभिन्न स्थानमा निर्माण गरिएको होल्डीङ सेन्टरमा राख्ने गरि सरकारले तयारी गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'१० दिनपछि रिपोर्ट निकालेर कोरोना संक्रमणले फलानोको मृत्यु भयो भनेर नभन्नुहोला है’

२०७७ जेष्ठ २३, शुक्रबार १६:१३
Spread the loveडा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ । डरको बिरुद्ध : .भ्रम र हल्ला सबैभन्दा छिटो सर्ने सरुवा रोग हुन् | यहि भ्रम, हल्ला र कमजोर आत्मबलको कारण हामीलाई डर लाग्छ | डर जीवनबाट उत्पन्न हुँदैन, यो मनबाट उत्पन्न हुन्छ | हामीले भोलि केहि हुन्छ कि भनेर डर मान्छौं | […]