२४ लाखको गलैँचालाई करोडौँ भनी प्रचार गरेर गणतन्त्रको संस्थालाई बदनाम गर्ने ?

Spread the love

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७७ का मन्त्रालयगत विभिन्न शीर्षकमाथिको छलफल शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, र युवा तथा खेलकूद मन्त्रालयमाथि बिनियोजित बजेटमाथि छलफल भएको हो ।

बैठकमा सांसद एकवाल मियाँले मेलम्ची आयोजनाको चर्चा चलेको लामै समय भए पनि काम कहिले सकिन्छ भनेर चासो राख्दै आएका नेपाली नागरिक सधैँ निराश हुने अवस्था आएको गुनासो गरे । सांसद कृष्णभक्त पोखरेलले एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक निर्माण गर्ने गरी १६५ वटै निर्वाचन क्षेत्रमा देखिने गरेर काम हुने गरी बजेट व्यवस्थापन गर्न सरकारलाई सुझाव दिए ।

उनले भूमिहीनले जग्गा पाउने गरी प्रभावकारी रुपमा काम गर्न सुकुम्बासी समस्या समाधानसम्बन्धी आयोगलाई सुझाव दिए । सांसद खगराज अधिकारीले गणतन्त्रको प्रतीक संस्थालाई अपमानित गर्ने तवरले प्रचार भइरहेको भन्दै आपत्ति जनाए ।

उनले राष्ट्रपति कार्यालयमा २४ लाखको गलैँचा राख्न लागिएको विषयलाई करोडौँ भनी प्रचार गरेर गणतन्त्रको संस्थालाई बदनाम गर्न खोजिएको र तथ्यलाई बंग्याइएको भनाइ राखे।

सांसद देवेन्द्रराज कँडेलले वातावरण संरक्षणका लागि विद्युतीय सवारी साधन चलाउनु जरुरी रहेको र त्यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यान दिन आग्रह गरे । बैठकमा सांसदहरु दुर्गा पौडेल, पुष्पा भुषाल, प्रेम सुवाल, उमा रेग्मी लगाएतले खर्च कटौतिको प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक जेष्ठ २४ गते बोलाइएको छ ।

बैठकमा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, द्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षि विकास मन्त्रालयमाथि बिनियोजित बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको दम्भले यो हालत भोः सांसद देव

२०७७ जेष्ठ २३, शुक्रबार १६:१८
Spread the loveकाठमाडौं । सांसदहरुले लामो समयसम्मको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको बिशेष समयमा सांसदले बन्दाबन्दीको हालको रणनीति बदलेर प्रभावित र कम प्रभावित क्षेत्रको किटान गरी आर्थिक गतिविधि बढाउन आग्रह गरे […]

समाचार छुट्याे की?