• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमितको संख्या ३,२३५ पुग्यो, मृत्यु १३ जना

ByHT

Jun 6, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जनामा कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विराटनारमा प्रादेशिक अस्पतालमा गरिएका परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा मोरङका २ जना, सुनसरीका ४, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १० जनामा, बागलुङका एक जना, सुनसरीका १ जनामा, सप्तरीका ७,  बझाङका ६, कंचनपुरका एक, काठमाडौंका २, अछामका एक जनामा, कैलालीका २ जनामा, डडेल्धुराका एक जना, दैलेखका ४३ जना, डोल्पाका एक जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४ जनामा, सुर्खेतका १० जनामा, जाजरकोटका ४ जना, सल्यानका ३८ जना, अर्घाखाँचीका एक, कपिलवस्तुका ११ जना, नवलपरासीका २ जना, रुपन्देहीका ३ जना, काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक जना, धनुाषाका ८ जना, कपिलवस्तुका ३९ जना
काठमाडौंका ४ जना, महोत्तरीका ३४ जना, रौतहटका ६ जना, सर्लाहीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३, २३५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यस्तै निको भई डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *