• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सार्न सकिने

ByHT

Jun 6, 2020
Spread the love

सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरिकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो । नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ ।

फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनुपर्ने कम्पनीले जनाएको छ । गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानुपर्नेछ । त्यसका लागि सेटिङ्गमा जानुपर्दछ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ ।

त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर सङ्ग्रह हुने फेसबुकका अधिकारीहरूको भनाइ छ । फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिङ्क गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकका फोटाहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *