• Wed. Dec 2nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न डब्लुएचओको सुझाव

ByHT

Jun 6, 2020
Spread the love

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा आइनसकेकाले भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ । डब्लुएचओले स्वास्थ्यकर्मी र संक्रमितहरुले समेत मेडिकल मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । डब्लुएचओले फेस मास्क कोरोना नियन्त्रणका लागि अपनाइने विधिमध्ये एक दायरा भएकाले सबैले अनिवार्य रुपमा लगाउने व्यवस्था मिलाउन भनेको छ ।

कोरोनाको संक्रमणलाई मास्कले बचाउन नसक्ने भएपनि प्राथमिक सुरक्षाका लागि यसको प्रयोग अनिवार्य भएको उल्लेख गरेको छ । मानिसहरुमा लक्षण देखिनुअघि नै कोरोनको संक्रमण हुन सक्ने भन्दै डब्लुएचओले मास्क लगाएर कोरोनाका जिवाणु फैलावटलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने जनाएको छ ।

डब्लुएचओले जारी गरेको मास्कसम्बन्धी नयाँ निर्देशिका यही जुन १५ देखि लागू हुने बताइएको छ । कतिपय देशकले कोरोना नियन्त्रणमा आउन थालेको भन्दै यसअघि लगाइएका प्रतिबन्ध र लकडाउन खुकुलो पारेसँगै डब्लुएचओले फेस मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने निर्देशिका जारी गरेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *