अर्थमन्त्रीबाट सरकार र नेकपाको विचारधारालाई संकटमा पार्ने काम भयोः नविना लामा

Spread the love

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद नविना लामाले बजेटका कारण अर्थमन्त्री युवराज खतिवडाले सरकार र पार्टीको विचारधारलाई संकटमा पारेको आरोप लगाएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद लामाले नेपालको संविधान र पार्टीको चुनावी घोषणा पत्र दुवै कोणमा च्युत भएको भन्दै शिक्षामन्त्री र अर्थमन्त्रीले सदनमा आत्माआलोचना सहित माफी माग्नुपर्ने बताएकी हुन् ।

संविधान र पार्टीको चुनावी घोषणा पत्रमा समाजवाद राज्य व्यवस्था निर्माण गर्ने कुरा उल्लेख भएको भन्दै उनले समाजवादको शिक्षानीति यही हो ? भन्दै प्रश्न गरिन् । नेपालको संविधानको धारा ३१ ले सबै नागरिकले निःशुल्क शिक्षा पाउने हक सुनिश्चित गरेको स्मरण गराउदै लामाले बजेट पुस्तिकाको १६६ नम्बर बुँदामा उल्लेखित विषय नेकपाको शिक्षानीति विपरीत भएको टिप्पणी गरिन् ।

उनले अर्थमन्त्रीले सरकार र नेकपा पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गरेको आरोप लगाइन् । शिक्षामन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपुर्ण आएको भन्दै त्यसबारे सदनलाई स्पष्ट पार्न माग गरिन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बजेट संविधानको लक्ष्य र नेकपाको नीति विपरीतः भीम रावल

२०७७ जेष्ठ २५, आईतवार १७:५०
Spread the loveकाठमाडौं । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य एवं सांसद भीम रावलले सरकारले ल्याएको बजेट संविधानको लक्ष्य र नेकपाको नीतिविपरीत रहेको बताएका छन् । आइतबार बिभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै रावलले बजेटले संविधान र सत्तारुढ नेकपाले चुनावका क्रममा गरेका प्रतिवद्धता समेट्न नसकेको बताएका हुन् । समाजवादमा […]