काठमाडौं- आइतबारसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार रोल्पामा पनि कोरोना संक्रमित बिरामी देखिएसँगै नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७१ पुगेको छ ।
संक्रमित हुनेमा सर्लाहीका ७५ जना, सल्यानका २८, सुर्खेतका २०, झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका ३ जना, कपिलवस्तुका १० जना, दैलेखका ३ जना, महोत्तरीका ५ जना, सिन्धुपाल्चोकका १ जना, उदयपुरका ३ जना, बाँकेका ३, बर्दियाका १, कैलालीका ५, गोरखाका १०, बागलुङका १० स्याङ्जाका १४ र नवलपरासी पूर्वका ४ जना रहेका छन् ।
नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
- प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना
- प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१ जना
- बागमती प्रदेशका १२ जिल्लामा ९२ जना
- गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना
- प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना
- कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना
- सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना
नेपालमा हालसम्म कोरो संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ भने ४६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।