• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

बजेट संविधानको लक्ष्य र नेकपाको नीति विपरीतः भीम रावल

ByHT

Jun 7, 2020
Spread the love

काठमाडौं । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य एवं सांसद भीम रावलले सरकारले ल्याएको बजेट संविधानको लक्ष्य र नेकपाको नीतिविपरीत रहेको बताएका छन् । आइतबार बिभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै रावलले बजेटले संविधान र सत्तारुढ नेकपाले चुनावका क्रममा गरेका प्रतिवद्धता समेट्न नसकेको बताएका हुन् ।

समाजवादमा जाने संविधानको बाटोमा जानुपर्नेमा बजेटले नवउदारवादमा जान खोजेको हो कि भन्ने देखाएको भन्दै उनले बजेटमा शिक्षा, स्वास्थ्य, ऊर्जा, समाज कल्याणका क्षेत्रमा बजेटमा लिइएका नीतिले सही दिशा नलिएको बताए ।

रावलले एमसीसीका योजना बजेटमा राखेकोमा पनि आपत्ति जनाउँदै रूपमा जनता, राजनीतिक दलका नेता र बुद्धिजीवीबाट आलोचित एमसीसीको सम्झौता संसद्बाट अनुमोदन नहुँदै बजेटमा समावेश गर्नेजस्तो गैरजिम्मेवार कार्य गरिएको जिकिर गरे । बजेटमा भारतीय अतिक्रमणमा परेका भूमिमा नेपालले आफ्ना संरचना निर्माण गर्नका लागि कुनै पनि बजेट तथा कार्यक्रम विनियोजन नगरिएको रावलको भनाइ थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *