सुन प्रतितोला करिव दश हजार रुपैयाँले महंगियो, प्रतितोला ८७ हजार रुपैयाँ

Spread the love

काठमाडौं । लकडाउनका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट सुरु भएको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ भने तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ कायम भएको छ । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो ।

लकडाउनपछि सुनको मूूल्य प्रतितोला करिब १० हजार रुपैयाँले बढेको छ । सरकारले बजेटमार्फत भन्सार दर बढाएपछि सुन महंगिएको हो । नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबार चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जापानको हिरोसिमामा बम खसाल्ने अमेरिकाले काठमाडौंमा खसाल्दैन भन्ने के ग्यारेन्टी ?’

२०७७ जेष्ठ २५, आईतवार १७:४६
Spread the loveकाठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पास गर्न नहुने बताएका छन् । आइतबारको संसद बैठकमा खर्च कटौतीको प्रस्ताव पेश गर्ने क्रममा सुवालले जापानको हिरोसिमामा बम खसाल्ने अमेरिकाले काठमाडौंमा खसाल्दैन भन्ने के ग्यारेन्टी छ ? भन्दै एमसीसी पास गर्न नहुने बताएका हुन् । […]