• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अब दैनिक १० हजार पीसीसार परीक्षण गर्ने सरकारको तयारी

ByHT

Jun 8, 2020
Spread the love

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पीसीसार परीक्षण गर्ने गरी मेशीन खरिदको प्रक्रिया अघि बढाएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री ढकालले पीसीआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने बताएका हुन् ।

असार १५ गतेसम्म सातै प्रदेशमा ठूलामेसिन जडान गरिने उनले बताए । उनले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबी गर्दै केही दिनमा परीक्षणमा भुटानभन्दा राम्रो हुने उल्लेख गरे । मन्त्री ढकालले आरडिटी परीक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको जिकिर गरे ।

ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको १० अर्ब खर्च भएको बताए । ६ सय ४१ स्थानीय तहको खर्च मात्रै यसमा समावेश भएको भन्दै उनले रकम क्वारेन्टाइन बनाउनेदेखि आन्तरिक कामका लागि पनि यो खर्च भएको बताए ।

ढकालले जुनसुकै कारणले मृत्यु भएपनि मृतकमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर मृत्युपछि पनि पीसीआर टेष्ट गरिने बताए । मन्त्री ढकालले हालसम्म २ लाख ५७ हजार ९ सय ६२ को कोरोना स्वास्थ्य परीक्षण गरेकोमा १ लाख ९ सय ७१ पीसीआर विधिबाट परीक्षण गरेर जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *