• Wed. Oct 28th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

जागिरबाट हटाएको भन्दै अछामका एक युवाद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

ByHT

Jun 8, 2020
Spread the love

अछाम । जागिरबाट हटाएको भन्दै साँफेबगरका एक युवकले बयलपाटा अस्पतालकै प्राङ्गणमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् । करिब डेढ वर्षदेखि सरसफाई पदमा कार्यरत साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीले आत्मदाह प्रयास गरेका छन् । घाइतेको बयलपाटा अस्पतालमै उपचार भइरहेको छ ।

उनले सोमबार बिहान साढे आठ बजेतिर अस्पतालको आकस्मिक कक्षअगाडि पेट्रोल छर्किएर आत्महत्या प्रयास गरेको बताइएको छ । आर्थिक समस्याका कारण अस्पतालले करार सम्झौता थप नगरेर हटाइको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू निकै रुष्ट हुँदैआएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *