• Tue. Oct 20th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण हुँदैनः कृषिमन्त्री भुसाल

ByHT

Jun 8, 2020
Spread the love

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले हरेक नेपालीले पर्याप्त खान पाउने गरि कृषिमा आत्मनिर्भर हुन केही बर्ष लाग्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले यस्तो बताएका हुन् ।

मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरणमा अब ‘छुद्र राजनीतिकरण ’ नहुने प्रतिवद्धतासमेत जनाए । उनले अब प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीतिकरण नहुने जनाउँदै विगतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणका कार्यक्रममा राजनीति गरिएको, अनावश्यक गुटकरण गरेर विगार्ने काम भएको उल्लेख गरे । उनले आफू बिग्रिएको स्थिति सुधार गर्न आएको पनि स्पष्ट पारे ।

त्यस्तै उनले अब नेपालमा उत्पादित कृषि बस्तु खेर नजाने बताए । मन्त्री भुसालले किसानलाई पेन्सन दिनेबारे निर्णय गर्नुपूर्व वास्तविक किसानको तथ्यांक संकलन गर्नुपर्ने आवश्यकता रहेको बताए । कृषि उद्योगको नारा लगाईरहेपनि कृषिको औद्योगिकरणको बाटोमा हिड्न नसकिएको उनको भनाई थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *