• Tue. Nov 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

बालाजु र भक्तपुर औद्योगिक क्षेत्रका उद्योग स्थानान्तरण गरिने

ByHT

Jun 8, 2020
Spread the love

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चाँडै बालाजु र भक्तपुर औद्योगिक क्षेत्रका उद्योग कारखानाहरु स्थानान्तरण हुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्री भट्टले सरकारले आवश्यक अध्ययन गरिरहेको र चाँडै स्थानान्तरणको टुंगो लगाइने बताएका हुन् ।

उपत्यकाको अवस्थालाई हेरेर यहाँ संचालित उद्योगधन्दालाई बाहिर स्थानान्तरण गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । सरकारी र निजी दुवै क्षेत्रबाट संचालित भएर रुग्ण बनेका उद्योगहरूबारे अध्ययन गरी त्यस्ता उद्योग फेरि संचालनमा गुरुयोजना बन्ने क्रममा रहेको पनि उनले बताए ।

उनले मुलुकमा पेट्रोलियम पदार्थको अभाव हुन नदिने गरि भण्डारण क्षमता बढाइने जानकारी दिए । बजार अनुगमनलाई थप प्रभाकारी बनाइ उपभोक्ताको अधिकार स्थापित गरिने उनले बताए । उनले किसानले उत्पादन गर्ने बालिको उचित मुल्य तोक्ने जानकारी पनि दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *