३१४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३,७६२

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयक अनुसार झापाका ६ जनामा, सुनसरीका १, मोरङका ९, कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापाका ३, पाँचथरका १, सप्तरीका ६, बीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १६ जनामा, जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा, स्याड्जा एक, कास्कीका एक जनामा, नारायणी उपक्षेत्रीय अस्पतला वीरगंजमा गरिएको परीक्षणमा पर्साका ८, बाराका ७ रौतहटका ४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ४ जना, भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाँकेका एक जना, बर्दियाका १८ जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १०, सल्यानका ५ जना, सुर्खेतका एक जनामा, रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३१ जना, गुल्मीका एक जना, कपिलवस्तुका १७ जना, नवलपरासी २ जना, पाल्पाका एक जना, प्यूठानका ८ जना, रुपन्देहीका ५ जना, काठमाडौंस्थिट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना, महोत्तरीका १२, रौतहटका ७ जना र सर्लाहीका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ३, ७६२ पुगेको छ भने मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै निको भई डिस्चार्ज हुनेको संंख्या ४८८ पुगेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख युवालाई १ सय दिनको रोजगारी ग्यारेन्टी !

२०७७ जेष्ठ २६, सोमबार ११:१३
Spread the loveकाठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका श्रमिकहरूलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउन सुरु गरिएको जानकारी दिएका छन् । सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले समस्यामा परेकालाई प्राथमिकताका आधारमा फर्काउन सुरु गरिएको बताएका हुन् । […]