• Sat. Oct 24th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अन्तर्राष्ट्रिय सीमामा सामान्य अवस्थामा हतियारसहित सेना पठाउने चलन कहीं छैनः रक्षामन्त्री

ByHT

Jun 9, 2020
Spread the love

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको निर्णयअनुसार नेपाली सेना विकास निर्माणको काममा संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार उनले विकास निर्माणको काममा सेनाको संलग्नतालाई नेपाली सेनाको रुचि वा विशेष क्षेत्राधिकारको विस्तार नठानेर नेपाल सरकारले गरेको निर्णय विशेषको कार्यान्वयनका रूपमा बुझ्न आग्रह आग्रह गरेका हुन् ।

नेपाली सेनालाई विपतको वेलामा प्रभावकारी तवरले उद्धार कार्य गर्न सक्ने गरी आवश्यक उपकरण र सामग्रीद्वारा क्रमशः थप सुसज्जित तुल्याउँदै जाने नेपाल सरकारको नीति रहेको उनले बताए । नेपाली सेनाको विकास निर्माणमा संलग्नताको ६ दशक लामो इतिहास रहेकोसमेत उनले बताए ।

पोख्रेलले अन्तर्राष्ट्रिय सीमाहरूमा सामान्य अवस्थामा भौतिक रूपमा हतियारसहित सेना पठाइने चलन नरहेको पनि जानकारी दिए । केही सांसदहरूले भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सेना परिचालन गर्नुपर्ने बताएका थिए । सिमानामा युद्ध, आक्रमण भए राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट सेना परिचालन हुने संवैधानिक व्यवस्था रहेको पनि उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *