• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

ByHT

Jun 9, 2020
Spread the love

विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । संक्रमितको संख्या ७१ लाख पुगेको छ । त्यसमध्ये ३५ लाख ३० हजार भन्दा बढी उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघेको छ ।

संक्रमितको संख्या २० लाख २६ हजार भन्दा बढी छ । बेलायतमा २ लाख ८७ हजार संक्रमित मध्ये ४० हजार ५ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख ३५ हजार संक्रमित र ३३ हजार ९ बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५४ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २९ हजार नाघेको छ । रसियामा मृत्यु हुनेको संख्या ५ हजार ९ सय नाघेको छ भने ४ लाख ७६ हजार भन्दा बढीमा संक्रमण छ । यसैगरी भारतमा कोरोना संक्रमणबाट ७ हजार ४ सय ७३ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *