• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउट पोस्टको स्थायी भौतिक संरचना निर्माण गरिने

ByHT

Jun 9, 2020
Spread the love

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सामाजिक अपराधमा संलग्न जोकोहीलाई पनि कानुन बमोजिम विनापूर्वाग्रह र निष्पक्ष रूपमा कारबाही हुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले यसका लागि गृह मन्त्रालय मातहतका पदाधिकारीहरूलाई निर्देशनसमेत दिएको बताएका छन् ।

समाजमा हुने हत्या, हिंसा, चोरी, तस्करी, ठगी, अपहरण, बलात्कार, जातीय वा महिला हिंसाजस्ता आपराधिक कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न गृह प्रशासन प्रतिबद्ध रहेको रहेको उनले बताए ।

कहीँ कतैबाट राजनीतिक वा आर्थिक प्रभावमा परी कर्तव्य पालनामा कमजोरी भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने उनले बताए । सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि पाँच सय स्थानमा बिओपी राख्ने लक्ष्य राखिएको उनले बताए । उनले आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउट पोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *