• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

दक्षिण कोरियासँगको सञ्चार सम्पर्क बिच्छेद गर्ने उत्तर कोरियाको घोषणा

ByHT

Jun 9, 2020
Spread the love

उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै अन्तर–कोरियाली सञ्चार सम्पर्क लाइनहरु बन्द गर्ने भएको छ । दक्षिण कोरियालाई शत्रु भन्दै उत्तरले सञ्चार सम्पर्क बन्द गर्नु पहिलो चरणको काम रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । उत्तर कोरियाको सीमावर्ती शहर केइसङ्गमा रहेको सम्पर्क कार्यालयबाट हुँदै आएका टेलिफोनहरु मंगलबारदेखि बन्द गर्ने भएको हो । दुई कोरियाले सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने भन्दै सो कार्यालय स्थापना गरेका थिए ।

जनवरीमा कोरोना महामारीका कारण सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो । यस्तै सैन्य सम्पर्कका माध्यमहरु पनि बन्द गर्ने उत्तर कोरियाले जनाएको छ । सन् १९५३ को युद्ध अन्त्य पछि शान्ति सम्झौता हुन नकसेका कारण दुई कोरिया अहिले पनि प्राविधिक रुपमा युद्धको स्थिति छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *