
बुटवल । रुपन्देहीमा गएराति ५ जनाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजार मैनैयामा उक्त घटना भएको हो । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारका कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई हत्या गरि अर्का १ जना फरार रहेको स्थानीय प्रदीप थापाले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरीको हत्या भएको हो । फरार हुने सोही फार्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् । हत्या आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको जनाईएको छ ।