Hospital staff carry the body of a person who died of COVID-19 to a morgue in Mumbai, India, Friday, May 29, 2020. Most of the over 150,000 cases are concentrated in five of India’s 28 states, though an increase in cases has also been reported in some eastern states as migrant workers have begun arriving home from big cities on special trains. (AP Photo/Rajanish Kakade)
चितवन । कोरोनाभाइरसको सङ्क्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । उनलाई सोमबार मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनलाई कोरोना सक्रमण भएपछि भरतपुर अस्पताल सारिएको हो ।
लामो समयदेखि मुटुका बिरामी उनमा निमोनियाको लक्षण देखिएपछि सोमबार कोरोना परीक्षण गरिएको थियो । कोरोनाबाट बिरामीको मृत्यु भएसँगै चितवनमा थप सतर्कता अपनाइएको छ । मृतकका परिवार र उनलाई भेट्न आएकाहरुको सम्भाव्य ट्रेसिङ गर्ने काम र उनीहरूको स्वास्थ्य परीक्षण गर्ने काम शुरु भइसकेको अस्पतालले बताएको छ ।
सोमबार मात्रै चितवनको कोभिड १९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।