आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

Spread the love

काठमाडौँ । सरकारले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित गरेको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए ।

जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए । प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ ।

राष्ट्रिय सभामा पनि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कानुनी व्यवस्था छ । राष्ट्रिय सभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्नेछ । सरकारका कतिपय कार्यक्रमलाई लिएर सत्तारुढ दलका सांसदहरूले आलोचना गरेका थिए । मन्त्रीहरूले जवाफ दिएपछि बजेटमाथिको छलफल बुधबार मात्रै सकिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेष्ठ २८, बुधबार ०९:२७
Spread the loveकाठमाडौं । बुधबार कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २५ जनामा, सुर्खेतका ९ र जाजरकोटका तीन गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ । त्यस्तै २९ […]

समाचार छुट्याे की?