• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

औषधि खरिदमा अनियमितता नभएको नेपाली सेनाको दाबी

ByHT

Jun 10, 2020
Spread the love

काठमाडौं । नेपाली सेनाले जीटुजी प्रक्रियामार्फत् खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरू सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाएको छ । बुधवार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी कोरोना उपचार तथा रोकथामका लागि चीनबाट ल्याएको सामग्रीमा अनियमितता भएको कुरालाई लिएर आफ्नो ध्यानकषर्ण भएको बताएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय संकटको यस विषम् परिस्थितिमा राष्ट्रिय ऐक्यबद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण श्रोतहरूलाई समन्वयात्मक र एकजुट रूपमा ‘होल अफ नेशन एपरोच’ अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्त्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भीर विषय हो ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *