कांग्रेसका सुझावलाई सकारात्मक र गम्भीरतापूर्वक लिएर अघि बढ्छुः प्रधानमन्त्री

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । बुधबार प्रधानमन्त्री निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कांग्रेस नेताहरु पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउन कांग्रेस नेताहरू गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक सहभागी थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गम्भीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने जानकारी गराउनुएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

जेठ २६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने’ निर्णय गरेको थियो । बैठकले कोरोना नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको थियो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाद्वारा नेपाललाई ३० लाख अमेरिकी डलर सहयोग

२०७७ जेष्ठ २८, बुधबार ०६:१७
Spread the loveकाठमाडौं । अमेरिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप सहयोग गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ३० लाख अमेरिकी डलर सहयोग गरेको हो । यसअघि अमेरिकाले मार्चमा १८ लाख डलर र अप्रिलमा २५ लाख डलर सहयोग गरेको थियो । […]

समाचार छुट्याे की?