• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

ByHT

Jun 10, 2020
Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा गरिएको परीक्षणमा झापाका एक जना, कोशी प्रादेशिक अस्पतलामा गरिएको परीक्षणमा झापाका चार जना, उदयपुरका एक जना, भरतपुरमा गरिएको परीक्षणमा चितवनका २ जना, पोखरामा गरिएको परीक्षणमा नवलपुरका एक जना, जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका दुई, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका ७ जना, नवलपसरासीका ५ जना, पाल्पा १२, प्यूठानका ६, रुपन्देहीका सात जना, भेरीमा गरिएको परीक्षणमा बाँकेका ३, बर्दियाका एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ६ जना, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, सेतीमा गरिएको परीक्षणमा दार्चुलाको एक, कैलालीका १२ जना, कंचनपुरका दुई जना, डडेलुधराका एक जनामा, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका दश जना, कपिलवस्तुका १९ जनामा, काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धादिङका १६, धनुषाका ११ जना, गोरखाका ४ जना, कपिलवस्तुका २२ जना, नुवाकोटका एक, रौतहटका ५३ जना सर्लाहीका १५ जना, सिन्धुपाल्चोकका २, सिरहाका एक, उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ४,३६४ पुगेको छ । त्यस्तै अहिलेसम्म ६७४ डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *