• Fri. Oct 23rd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

राष्ट्रियताको विषयमा कसैलाई देवत्वकरण गर्न आवश्यक छैनः प्रधानमन्त्री

ByHT

Jun 10, 2020
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको विषयमा कसैलाई देवत्वकरण गर्न आवश्यक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यो कुनै दल वा व्यक्ति विशेषको नभएकाले यो सबैको साझा मुद्दा भएको बताएका हुन् ।

उनले संविधान संशोधनमा दलहरुले देखाएको एकता अभूतपूर्व भएको बताए । उनले संसद बाहिर रहेका राजनीतिक दल तथा नेपाली नागरिकको ऐक्यवद्धताको प्रशंसा गरे । दलीय अभ्यासमा यस्ता राष्ट्रिय एकता कहिले कहिले मात्र देख्न पाइने भन्दै उनले हाम्रो संसद यस मामिलामा अत्यन्तै गम्भीर रहेको बताए ।

उनले परेका बेला राष्ट्रका सामु आएका चुनौति सामना गर्न नेपाली जनता र राजनीतिक दलहरु जिम्मेवार हुने कुरा यसबाट स्पष्ट भएको बताए । यस मामिलामा सिंगो देशलाई एकतावद्ध भएर संसद देशलाई हाँक्न सक्षम छ भन्ने देखाएको समेत बताए । अप्ठ्यारो बेलामा राष्ट्रिय एकतालाई प्रदर्शन गर्ने चरित्रलाई उजागर पारेको बताए । उनले यसबाट हाम्रो भौगोलिक अखण्डता स्थापित गर्छौं भन्ने स्पष्ट भएको उल्लेख गरे ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *