पसल खोल्न पाइने, निजी सवारी जोरबिजोरका आधारमा संचालन गर्न दिने सरकारको निर्णय

Spread the love

काठमाडौँ । लामो लकडाउनपछि सरकारले अब पसल खोल्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले सवारी साधनलाई पनि जोर बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार बिहीबारदेखि नै बजार खोल्न दिने निर्णय भएको हो ।

मन्त्रिपरिषद्को बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । सरकारको निर्णयसँगै अब ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन जोर बिजोरका आधारमा संचालन गर्न पाइनेछ । बैठकका निर्णय र लकडाउन खुकुलो पार्ने मोडालिटी बिहीबार मात्रै सार्वजनिक गर्ने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसवर्ष एसइई परीक्षा नलिने सरकारको निर्णय

२०७७ जेष्ठ २९, बिहीबार ०२:२७
Spread the loveकाठमाडौँ । यसवर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । गत चैत ६ गते हुने कक्षा […]