पीसीआर परीक्षण बढाउन माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन

Spread the love

काठमाडौं । काठमाडौंको नक्सालमा सरकारको विरोधमा उत्रिएका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकारीले पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षण पूर्ण रुपमा बन्द गर्नुपर्ने, कोरोना नियन्त्रणमा खर्च गरिएको रकमको विवरण सार्वजनिक नगरिएको तथा महामारीसँग जुझ्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले नक्सालमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । उनीहरुलाई प्रहरी मुख्यालय नजिक पुर्याएपछि प्रहरीले लाठी चार्ज गर्नुकासाथै चार÷पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा समेत प्रहार गरेका हो ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएको भन्दै प्रदर्शनकारीले नारा लगाएका थिए । लकडाउनका बेला पनि कर लगाउने सरकारी निर्णयको पनि उनीहरुले विरोध गरेका छन् । त्यस्तै जनता रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेको र सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना महामारीको सन्दर्भमा सरकारको अर्कमण्यताविरुद्ध कांग्रेसले विशेष ज्ञापन पत्र बुझाउने

२०७७ जेष्ठ २९, बिहीबार ११:०६
Spread the loveकाठमाडौं । कोरोना नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ज्ञापनपत्र बुझाउने भएको छ। असार २ गते देश र विदेशस्थित जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो।  ‘कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारीपन, अकर्मण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार […]